You are currently viewing संखुवासभामा ट्याक्टर भिरबाट ख़सेर चालकको मृत्यु

संखुवासभामा ट्याक्टर भिरबाट ख़सेर चालकको मृत्यु

नेभा, संखुवासभा, १२ पुस,

संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

हिजो को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु वडा नम्बर १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ वर्षको तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply