You are currently viewing अबैध रुपमा नेपाल ल्याइएका सामानहरु बरामद

अबैध रुपमा नेपाल ल्याइएका सामानहरु बरामद

नेभा, बाँके, ११ पुष,

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले गस्ति गर्दै जाने क्रममा भन्सार छली ल्याइएको सामानहरु बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अबैध रूपमा चोरी पैठरी गरी ल्याएको जाडो मौसमका कपडा रू. ४६ हजार २ सयको ८४ पिस कुर्ता सुरूवाल र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोक नजिकबाट अन्दाजि मूल्य रु. ९ हजार ९ सय बराबरको मोटरसाईकलको पार्टपुर्जालाई नियन्त्रणमा लिइएको छ  ।

जम्मा रु. ५६ हजार १ सय बराबरको सामान बरामद गरी आवश्य कारबाहीको लागी नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply