You are currently viewing महिलाको चरित्र हत्या गर्ने महतो पक्राउ

महिलाको चरित्र हत्या गर्ने महतो पक्राउ

नेभा, काठमाडौं, २१ मंसिर,

सामाजिक सञ्जाल मार्फत चिनजान बनाई विभिन्न समयमा भेटघाटको क्रममा भएको क्रियाकलापको तस्विर तथा श्रव्य–दृश्य सम्पादन गरी हाल पिडीत महिलाको वैवाहिक जिवनयापन गरिरहेको अवस्थामा श्रीमानलाई मेसेजिङ एप मार्फत पठाई चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिने गरेकोले उक्त कार्यमा संलग्न व्यक्तिलाई कारवाही गरी पाउँ भनी पिडीत महिलाको निवेदन नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोमा आउँदा प्रहरीले चरित्रहत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

उक्त बिषयमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा जिल्ला चितवन, रत्ननगर नगरपालिका वडा नम्बर १० मा घर भई हाल काठमाडौं जिल्लामा बस्ने ४२ वर्षको चतुर्मान महतो खुल्न आएकोले निजलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको टोलीले बबरमहल, काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा उप–निर्देशक तथा प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारीले जानकारी गराएका छन् ।

Leave a Reply