झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
झापाको दमक नगरपालिका वडा नम्बर ७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागी चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका वडा नम्बर १ बस्ने ३५ वर्षको प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षको अर्जुन लिम्बु र निजकै श्रीमती २७ वर्षको मनिसा लिम्बू समेतलाई खानतलाशी गरी अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर फेला परेको छ ।
निजहरुलाई ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय दमक द्वारा पक्राउ गरिएको छ ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका वडा नम्बर ४ मालवासेका ५५ वर्षको मोटे रोका र २३ बर्षीय नेत्र परियारको साथबाट १६ किलो ३३० ग्राम लागूऔषध गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरिएको छ ।
निजहरुलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ पारि थप अनुसन्धान भईरहेको कुरा बिराटनगर प्रहरीद्वारा जानकारी गराइएको छ ।