मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भ्रष्टचार मुद्दाका पाँच जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्दामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति २०७९/१२/०८ गतेको फैसला आदेशले ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना सजाय भै फरार रहेका बिराटनगर महानगरपालिका-३ का मणिराज दाहाल, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैया जरिवाना तोकिएका कुमार बहादुर कटुवाल, ९ बर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैया जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैया जरिवाना तोकिई फरार रहेका देवराज नेपाल र ८ बर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैया जरिवाना तोकिएका बिराटनगर-४ का नयराज नेपाललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिंदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराईएकोमा तिकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको खबर कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको बिज्ञप्तिबाट जानकारी गराइएको छ ।