You are currently viewing सिरियाको राजधानी दमास्कसमा विस्फोट, १५ जनाको मृत्यु र धेरै घाइते

सिरियाको राजधानी दमास्कसमा विस्फोट, १५ जनाको मृत्यु र धेरै घाइते

नेभा, ७ फाल्गुण,

इजरायलले आइतबार बिहान सिरियाको राजधानी दमास्कसमा मिसाइल आक्रमण गरेको छ । यस हमलामा १५ जनाको मृत्यु भएको खबर छ । साथै धेरै मानिसहरु घाइते भएका छन् । यस हमलामा एक आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । इजरायली वायुसेनाले आक्रमण गरेको हो । दमास्कसमा वायुसेनाको लडाकु विमानले मिसाइल प्रहार गर्दा १५ जनाको मृत्यु भएको छ ।

धेरै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । यस हमलाबाट जहाँ मानिसको ज्यान गएको छ, त्यहाँ वरपरका धेरै भवनमा पनि क्षति पुगेको छ । फेब्रुअरी ६ मा टर्की र सिरियामा ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको पहिलो दुई हप्तापछि सिरियामा यो आक्रमण भएको हो ।

यसअघि शुक्रबार सिरियामा अर्को हमला भएको थियो, जसमा करिब ५३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मेवारी ISIS ले लिएको थियो । सिरियाली सरकारी सञ्चारमाध्यमले जिहादीहरूले गरेको यो एक वर्षभन्दा यताकै सबैभन्दा घातक हमला भएको बताएको छ । सिरियामा शुक्रबार भएको आक्रमणमा ४६ सर्वसाधारण र ७ सैनिकको मृत्यु भएको थियो । विदेशी सञ्चारमाध्यमका अनुसार होम्सको पूर्वमा रहेको मरुभूमिमा रहेको अल-सोखना सहरको दक्षिणपश्चिममा शुक्रबार ISIS आतंककारीहरूले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको छ ।

मारिनेमा ४६ सर्वसाधारण र सात सैनिक रहेका छन् । वालिद अउडीले सरकार समर्थक रेडियो स्टेशनलाई भने कि दर्जनौं मानिसहरूलाई निशाना बनाएपछि शवहरू अस्पतालमा ल्याइएको थियो । बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि शुक्रबार आक्रमण भएको जानकारी दिएको छ ।

Leave a Reply