You are currently viewing पर्सा प्रहरीद्वारा बिलबिजक भन्दा बढी खुद्रा समान लोड रहेको ट्रक नियन्त्रणमा

पर्सा प्रहरीद्वारा बिलबिजक भन्दा बढी खुद्रा समान लोड रहेको ट्रक नियन्त्रणमा

नेभा, बीरगंज, १८ मंसिर,

मंसिर १७ गते राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रक प्रहरीको नियन्त्रणमा छ ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डमा प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मूल्य रु. ६४,६५,९२१।- (चौसठ्ठी लाख पैसठ्ठी हजार नौ सय एकाइस मात्र) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको खबर जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।

Leave a Reply