You are currently viewing अवैध उत्खनन्, ओसार-पसार गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा

अवैध उत्खनन्, ओसार-पसार गर्ने जेसिबि र ट्याक्टर नियन्त्रणमा

नेभा, स्याङजा, १८ मंसिर,

देशमा अवैध उत्खनन्, ओसार-पसार जस्ता अनेकौं क्रियाकलापहरु बढ्दै गएको छ ।

मंसिर १७ गते जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर २ दबिस्थान अरौदी खोलामा अवैध रूपमा गिट्टी वालुवा उत्खनन तथा ओसारपसारमा गर्दै आएको ग. १ क. ६१८७ नम्बर को जे.सि.बि. र लु.४ त. १४२२ नम्बर को ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले नियन्त्रणमा लिएको छ ।

यसबारे थप कारवाहीको लागि आज मंसीर १८ गते पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाईएको खबर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जारी गरेको बिज्ञप्तिबाट जानकारी गराइएको छ ।

Leave a Reply