जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ स्थित बागलुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जादैँ गरेको बा १३ च ३७२१ नम्बरको कारले २ जना पैदल यात्रीलाई ठक्कर दिंदा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा कार चालक जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खादरजुङ् बस्ने ३२ वर्षको भक्तराम गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ ।
निजलाई सवारी ज्यान सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।