नेभा, बर्दिया, २० मंसिर,
ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको संयुक्त प्रहरीहरुले जिल्ला बर्दिया बढैयाताल वडा नम्बर ७ मा भत्केको पुल नजिक भे. ३. प. २६९६ नम्बरको मोटरसाईकलमा सवार भारतबाट नेपालतर्फ आउँदै गर्दा जिल्ला बाँके कोहलपुर नगरपालीका वडा नम्बर १५ का निवासी अन्दाजी २४ वर्षको निरज कुमार थारुलाई प्रहरीले पक्राउ पारेको छ ।
निजसंग २२ ग्राम ५६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङगको धुलो पदार्थ सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
साथै प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर २ का फुटाहा स्थित प्रदेश २–०३–०१५ प. ००९४ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर १ को निवासी अन्दाजी २२ वर्षको रवी रसाईली, सोहि ठाउँमा बस्ने अन्दाजी २४ वर्षको कमल खड्का र जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्ने अन्दाजी ५० वर्षको रेशमा बहादुर कार्की लाई प्रहरीले पक्राउ गरेको छ ।
निजहरुलाई १ ग्राम ५३० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङगको धुलो पदार्थ सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको खबर जिल्ला प्रहरी कार्यालय, बर्दियाको बिज्ञप्ति द्वारा जानकारी गराईएको छ ।

