You are currently viewing प्रहरीको भेषमा रकम उठाउने व्यक्ति पक्राउ

प्रहरीको भेषमा रकम उठाउने व्यक्ति पक्राउ

नेभा, १५ मंसिर

मंसिर १३ गते दिउँसोको समयमा जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका ८ लक्ष्मीटोल बस्ने ४५ बर्षको गोबिन्द महतो कोईरीलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ५/६ महिना देखि निज ‘मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ’ भनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ हरपतगञ्ज स्थित ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेका थिए ।

रकम उठाईरहेका खबर प्राप्त हुनासाथ यस कार्यालय मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले गोबिन्द महतो कोईरीलाई नियन्त्रण लिई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयको बिज्ञप्ति द्वारा जानकारी गराइएको छ ।

Leave a Reply