बीरगंज माईस्थान स्थित श्री माईस्थान विधापीठ माध्यमिक विद्यालयमा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस सम्बन्धि एक प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
सूचना सम्प्रेषक साहिल देवानका अनुसार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मिनाबजार, बीरगंजद्वारा आयोजित कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, समाजिक संस्था, विद्यालय लगायत भद्रभलाद्मीको सह्कार्य रहेको थियोे । “हर प्रहर, गाउँ र नगर ! टोल टोलमा नेपाल प्रहरी” नारा यस कार्यक्रमको रहेको थियोे ।
उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुनिलाल कर्ण, विद्यालयका शिक्षक, वडा न ७ का वडा अध्यक्ष हिरा काजी महर्जन, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासुदेव सहनी, बरिष्ठ उपाध्यक्ष ज्याउल हक समानी, संस्थापक सचिव ग्यासु मिया देवान, उपाध्यक्ष प्रवेश सर्राफ, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगोटी, नारायणी अस्पतालका नर्सिङ प्रमुख हेमा थापा, सामुदायिक मिनाबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक मिना कुमारी बडाल लगायत विद्यार्थी भाइबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।