You are currently viewing हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

रौतहट, साउन १५,

रौतहटको कटहरिया नगरपालिका–३, बडेर्वा निवासी ७५ वर्षीया तेतरी खातुनको हत्या आरोपमा प्रहरीले उनका १८ वर्षीय नाति साहिद शेखेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार २०८३ साउन १४ गते साँझ अन्दाजी ६ बजे तेतरी खातुन आफ्नै घरको भुइतल्लाको खाटमा   मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा प्रारम्भिक अनुसन्धान गर्दा घटना शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मृतकका नाति १८ वर्षीय साहिद शेख माथि शंका लागेपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा शेखले आफ्नै हजुरआमाको हत्या गरेको स्वीकार गरेका छन्। पक्राउ परेका उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय, रौतहट

Leave a Reply