यस्तो धेरै बीउहरू छन् जुन तपाईंको स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छन् । ती बीउ मध्ये एक हो चम्सुर को बीउलाई गार्डेन क्रेस सीड पनि भनिन्छ । चम्सुर सानो रातो रंगको हुन्छ, यसको बीउको सुपरफुडहरूमा पनि प्रयोग गनिन्छ । भिटामिन, मिनरल्स, फाइबर, आइरन र प्रोटिनले भरिपूर्ण चम्सुर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै पोषक तत्वहरू हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण हुन्छ । हामी तपाईलाई चम्सुरको बीउ खाँदा के-के फाइदा हुन्छ भन्ने बारेमा बताउने छौ ।
यदि तपाईको शरीरमा रक्तअल्पता छ र तपाईको हेमोग्लोबिन घटेको छ भने, यो बीउलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुहोस् । चम्सुरको दानामा आइरन प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले रातो रक्त कोशिका बढ्छ र हेमोग्लोबिन नियन्त्रणमा राख्छ । एक चम्चा चम्सुरको दानामा १२ मिलीग्राम आइरन हुन्छ । यसको सेवनले शरीरमा रगतको कमी हुदैन ।
एन्टिअक्सिडेन्ट र फोलिक एसिडले भरपूर चम्सुरले कमजोर प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले धेरै संक्रामक र मौसमी रोगहरूबाट पनि बचाउँछ । यसमा पाइने एन्टिमाइक्रोबियल गुणले रुघाखोकी, ज्वरो र घाँटी दुखाइबाट राहत दिन्छ ।
चम्सुरबाट बनेको लड्डुको सेवन कपालका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यसमा प्रचुर मात्रामा क्याल्सियम, जिंक, भिटामिन ए र सी पाइन्छ जसले नयाँ कपाल बढाउन मद्दत गर्छ । यिनीहरूले कपालको जरालाई पुनरुत्थान गर्न र कपाल झर्नबाट रोक्नको लागि काम गर्दछ । यसपछि यसको प्रोटिनले नयाँ कपाल बढाउन मद्दत गर्छ ।
यो बीउको सेवन अवश्य गर्नुहोस् । चम्सुरको दाना स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्तनमा दूध उत्पादन क्षमता बढाउँछ । वास्तवमा यसमा पाइने फाइबर, प्रोटिन, भिटामिन बी र आइरन जस्ता पोषक तत्वले दूध उत्पादनमा वृद्धि ल्याउँछ ।