You are currently viewing पाकिस्तानमा सरकार गठन भएको छैन र पिटिआई समर्थित उम्मेद्वारको गोली हानी हत्या

पाकिस्तानमा सरकार गठन भएको छैन र पिटिआई समर्थित उम्मेद्वारको गोली हानी हत्या

नेभा, पाकिस्तान, १ फाल्गुन,

पाकिस्तानमा चुनाव सकीसकेको छ, तर अहिलेसम्म सरकार गठन भएको छैन । पछिल्लो निर्वाचनमा कुनै पनि पार्टीले बहुमत प्राप्त गरेको थिएन ।

राज्यमा गठबन्धन सरकार गठन भइरहेको छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको तहरीक-ए-इन्साफ (पिटिआई) का पूर्व सांसद (एमपिए) चौधरी मुहम्मद अदनानलाई रावलपिन्डीमा अज्ञात आक्रमणकारीहरूले गोली हानेर हत्या गरेका छन् ।

तेहरीक-ए-इन्साफ (पिटिआई) का संसदीय मामिला पूर्व सांसद (एमपिए) चौधरी मुहम्मद अदनानले रावलपिन्डीको एनए-५७ र पिपि-१९ निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा आम चुनाव लडेका थिए ।

घटना सिटी पुलिस अफिसर (सिपिओ) कार्यालय अगाडि सिभिल लाइन्स क्षेत्रमा भएको रावलपिन्डी पुलिसका प्रवक्ताले एक विज्ञप्तिमा बताएका छन । रावलपिन्डीका सिपिओ सैयद खालिद हमदानीले पोटोहारका एसपीलाई घटनामा संलग्न अपराधीहरूलाई तुरुन्तै पक्राउ गर्न निर्देशन दिएको छ ।

Leave a Reply