You are currently viewing सामाजिक सञ्जाल मार्फत ठगी गर्न पल्केका पर्सा र रौतहटका व्यक्तिहरु पक्राउ

सामाजिक सञ्जाल मार्फत ठगी गर्न पल्केका पर्सा र रौतहटका व्यक्तिहरु पक्राउ

काठमाण्डौं, भाद्र ७,

सामाजिक सञ्जाल जस्तै टिकटक, फेसबुक, ह्वाट्स्याप आदि प्लेटफर्ममा जमजम इलेक्ट्रोनिक्स मार्फत विभिन्न मानिसहरुलाई ‘तपाई भाग्यमानि हुनुभएको छ, तपाईले त लकि ड्र बाट आइफोन जित्नु भएको छ, त्यसलाई प्राप्त गर्न हामीलाई कस्टम क्लीरिएन्सको लागि पैसा पठाउनुपर्छ ।’ भनी ठग्दै हिंडेको एक समूह अहिले प्रहरीको फन्दामा परेको छ ।

एक पिडित महिलालाई यसैगरी विभिन्न बैंकको खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भनी निवेदन नेपाल प्रहरीको प्रधान कार्यालयको साइबर व्यूरोमा प्राप्त भएको उपर कारवाहि अगाडि बढाइएको छ ।

नेपाल प्रहरीको साइबर व्यूरोको प्राविधिक अनुसन्धान र विश्लेषणबाट उक्त ठगी कार्यमा संलग्न विभिन्न व्यक्तिहरुमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३० का राज कुमार पण्डीत तथा जिल्ला रौतहट, कटहरीया नगरपालिका वडा नं. १ बस्ने वर्ष २१ का उमेश कुमार यादवलाई व्यूरोबाट खटेको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट प्रकाउ गर्नुका साथै उनीहरुबाट नगद रु. ४९ लाख ९५ हजार, नेपाली सिम कार्ड १८३ थान, विभिन्न बैंकको एटिएम कार्ड १२ थान तथा इन्टरनेट चलाउने १ थान राउटर समेत बरामद गरेको छ ।

उनीहरुबाट नगद तथा सञ्चारका उपकरणहरु बरामद गरी विद्युतिय माध्ययमबाट ठगी कसुरमा सम्मानित जिल्ला अदालत काठमाण्डौंको आदेशानुसार सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको कुरा नेपाल प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

Leave a Reply