You are currently viewing २०७ केजी गाँजा सिमेन्टको बोरामा, लामा पक्राउ

२०७ केजी गाँजा सिमेन्टको बोरामा, लामा पक्राउ

साउन १९, पर्सा,

पर्सा प्रहरीले सवारी चेकजाँचका क्रममा २०७ किलोग्राम गाँजासहित एक पिकअप चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ तिलावे भिष्वा सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित सवारी जाँच गर्ने क्रममा प्रदेश ३-०१-०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकेको थियो।

चेकजाँचका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको २०७ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा बरामद भएपछि प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी अन्दाजी ४८ वर्षीय कृष्ण लामालाई नियन्त्रणमा लिएको छ। गाँजासहित पिकअप पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply