आजको युवाको व्यथा
बिहान उठ्दै, चिरबिर गर्ने ऊ, आज शान्त भएको छ,
खै ! किन हो किन ? तर सबैले भन्छन, बदलिँदै ऊ, गएको छ ।
मैले पनि उसलाई सोधे, ‘ओए ! के भयो साथी तँलाई ?
तर मनको कुरा भन्न खोज्दा भन्न सकेन मलाई ।।
शरीरको दुःख भएको भए, देखाउँथ्यो मेरा दुई नैनलाई,
तर यो मन कटकटाउने मनको दुःख, देखाओस् कसरी मलाई,
आफ्नो को खोजीमा, ऊ पुग्यो, आफ्नै पुरानो ढोकामा,
दौडिँदै पुग्यो, आमा निर, रुदै कराउँदै स्थितिमा…..
आमाले सोधिन्, मनभित्रको बेथा, त्यो लट्केको उसको अनुहारलाई,
तर सुनाउँदा भनिन्, यो जीवन हो नानी, काट्न सिक्नुपर्छ सबैलाई ।
यति सुन्दा, उसलाई कताकता, उसले सोधेको उत्तर, नपाएको लाग्यो,
दुखी उसको मन, उत्तरको खोजीमा, आफै अन्जान बाटोतिर लाग्यो ।।
पुग्यो ऊ उसको राम भन्ने फेसबुकको, दुईदिने साथी नीर,
टाइप गर्यो, उसले लङग टेक्सट, उसको पीडा बुझ्लाकि भनेर,
पहिलो पटक, कसैले उसलाई राम्ररी सुनिदिँदा, उसको मन लोभियो,
तर दुईदिने राम भन्ने प्यारासेटेमलले उसलाई मानसिक रोग दिएर गयो ।।
यताउता, भौतारिदैँ जाँदा, उस्ले धोका बाहेक अरु केही पनि पाएन,
तर आफूले आफ्नो मनलाई आफैंले बुझ्दा, एउटा नयाँ बाच्ने आशा पलायो,
आफ्नो साथी, आफैं बन्दा, हरायो उस्को सबै बेथा,
आज पनि, धेरैले बाच्न सिकेका छन्, सुनेर उसको कथा ।।
— मान्सी नेपाली,
कक्षा १२, ग्लोबल विजनेस कलेज, बीरगंज