Skip to content
आइए, बिए गरें एमए गरें पास,
डिग्रीले मात्र भएन केही चाहियो खास ।
जागिर त्यती सस्तो छैन पाउछौं छिटो,
ठेट नियम बुझिहाल मुख पारी देउ मिठो ।।
के चाहियो कुन पद ? जागिर पाउदैनौ भने,
हुने भयौ हाकिम नोट मात्र गन्यौ भने ।
लिखित पास गरे पनि मौखिकमा फेल,
हाथि छाप भए मात्र जितिएला यो खेल ।।
इमान्दारी त छोडी सकें भनेर भएन हजुर,
भुँडी ठूलो भइसके खुवाउनै पर्छ खजुर ।
खल्ती गरम भएन भने के महत्व जागिरको ?
खाएर मोटाएन भने के महत्व खिरको ?
कर्तब्य त बिर्से इमान्दारीलाई गोजीमा,
जागिर त बहाना मात्र म त घाँसको खोजीमा ।
धर्म पुन्य सबै घुसकै परिधि भित्र,
न चाख्नेले भन्छ स्वादिलो छैन भनेर ।।
जुत्ता टाउकोमा परेपनि मोटाउने त भइयो ।
देश जाओस भाँडमा माना मुरी त कमाइयो ।।
– बीरेन्द्र साह केसरी
बुनियाद – ४, बारा
Post Views: 425
Please Share This
Share this content
You Might Also Like