You are currently viewing इजिप्टमा ठूलो सडक दुर्घटना, बस नहरमा खसेर २२ जनाको मृत्यु

इजिप्टमा ठूलो सडक दुर्घटना, बस नहरमा खसेर २२ जनाको मृत्यु

नेभा, २७ कार्तिक,

इजिप्टको उत्तरी भागबाट डरलाग्दो खबर बाहिर आएको छ । यहाँ एउटा बस नहरमा खस्दा २२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्, रोयटर्सले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । यस सम्बन्धमा मन्त्रालयबाट सबै घाइतेलाई अस्पताल भर्ना गर्ने काम सुरु भएको बताइएको छ । यसै क्रममा उद्धारकर्मी पनि घटनास्थलमा जम्मा भएका छन् । घटना कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा भएको हो ।

मिडिया रिपोर्टका अनुसार ३५ यात्रु बोकेको बस अचानक राजमार्गमा खसेको थियो । डकाहलिया प्रान्तको आगा सहरमा रहेको मन्सौरिया नहरमा खसेको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी र १८ एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य थालेका छन् । घटनामा घाइते भएका सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा ६ महिला र तीन बालबालिका रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी डा. शेरिफ माकनले जानकारी दिए । इजिप्टका सञ्चारमाध्यमहरूले दुर्घटनाको कारण स्टेयरिङ असफल भएको बताएका छन् ।

Leave a Reply