You are currently viewing विभिन्न कम्पनीका ५१ ओटा मोबाइल सहित चौधरी पक्राउ

विभिन्न कम्पनीका ५१ ओटा मोबाइल सहित चौधरी पक्राउ

नेभा, बारा, १२ पुष,

अबैध रूपमा भन्सार छली गरी लिएर आएका मोबाईलहरू लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिई गएको प्रहरी टोलीले ५१ थान मोबाइल सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला बारा बारागढी गाउँपालिका वडा नम्बर ३ खोपवा टोल स्थितमा रूपन भन्ने रूपनारायण चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाईल कभर १४ थान गरी जम्मा अन्दाजी मुल्य १५ लाख बराबरको मोबाईल सहित समानहरू बरामद गरिएको छ ।

निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी तथा प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जनाएका छन् ।

Leave a Reply