You are currently viewing इक्वेडरको राजधानीमा वर्षापछि पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु

इक्वेडरको राजधानीमा वर्षापछि पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु

नेभा, २० माघ,

इक्वेडरको राजधानीमा भारी वर्षापछि पहाड भत्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । क्विटो सुरक्षा विभागले कम्तिमा ४८ जना घाइते भएको बताएको छ ।

करिब २४ घण्टादेखि परेको अविरल वर्षाका कारण मंगलबार रातिको पहाड भत्किँदा आठ घर भत्किएका छन् भने कतिपयमा क्षति पुगेको छ ।

अधिकारीहरूले १२ जना बेपत्ता भएको पनि जानकारी दिएका छन् । यस प्राकृतिक प्रकोपमा धेरै क्षति भएको अधिकारीहरुले बताएका छन् । क्विटो सुरक्षा विभागले ३२ जना घाइते भएको र ८ घर पूर्ण रुपमा ध्वस्त भएको बताएको छ । यसबाहेक अन्य धेरै घरमा पनि क्षति पुगेको छ ।

राहत तथा उद्धार टोलीसँगै स्थानीयवासीले पनि नागरिकलाई सहयोग पुर्याएका छन् ।

Leave a Reply