बीरगञ्ज मेघा कलेज (बीएमसी)का कक्षा ११ मा व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुले बाराको सिमरामा स्थिति हुलास स्टिल्स इन्डष्ट्रिज भ्रमण तथा अवलोकन गरेका छन् ।
बीएमसीका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानूको नेतृत्वमा उक्त भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो । मानव स्रोत साधन परिचालन, उत्पादन, व्यापारीक रणनीति, वितरण, उत्पादन क्षमता, कार्य गर्ने वातावरण लगायत इन्डष्ट्रिजका विभिन्न महत्वपूर्ण पक्षहरुका बारेमा सिकाइ उपलब्धिमूलक भएको विद्यार्थीहरुको भनाइ छ ।
इन्डष्ट्रिज सञ्चालनमा रहेको दिन भ्रमण गर्ने मौका पाउनाले त्यससँग सम्बन्धित विभिन्न व्यवहारिक प्रकृयाहरुको बारेमा जान्नुका साथै अपनाउनु पर्ने सावधानि तथा स्वास्थ्य सम्बन्धि चेतनामूलक कुराहरुको बारेमा आफै उपस्थित भएर हेर्न पाउँदा विद्यार्थीहरु ज्यादै उत्साहित थिए ।
उक्त भ्रमण कार्यक्रममा शिक्षिका मोनिका ठाकुर, कोअर्डिनेटर मुस्तुफा अंसारी, गुडु साह, तथा प्रकाश यादवको उपस्थिति रहेको थियो ।