You are currently viewing १३ किलो अबैध गाँजा सहित राई पक्राउ

१३ किलो अबैध गाँजा सहित राई पक्राउ

नेभा, उदयपुर, २ पुस,

ईप्रका रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले पुस १ गते जिल्ला उदयपुको एक जना व्यक्तिलाई अबैध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

बेलका नगरपालिका वडा नबर ९ भचुवा बस्ने २१ वर्षको रबिन राईलाई निजकै ग्वालीमा १३ किलो गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी गाँजा बरामद गरी निज रबिन राईलाई पक्राउ गरिएको छ ।

निजलाई अबैध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply