You are currently viewing मलेसियामा साथीको हत्या गरेर नेपाल आउन लागेको व्यक्ति पक्राउ

मलेसियामा साथीको हत्या गरेर नेपाल आउन लागेको व्यक्ति पक्राउ

नेभा, काठमाडौं, २ पुष,

जिल्ला झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर ३ बस्ने ४० वर्षको धन बहादुर प्रधान विगत एक वर्षदेखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा काम गर्दै आएकोमा निज काम गर्ने एउटै कम्पनीको जिल्ला महोत्तरी, गौशाला नगरपालिका वडा वडा नम्बर ५ बस्ने २४ वर्षको अनिल कुमार साहले मंसिर २५ गते हत्या गरेका छन् ।

हत्या गरेर नेपाल तर्फ फरार भएको भन्ने पीडितले दिएको सूचनाको आधारमा मंसिर ३० गते आफ्नो हुलिया बदली हिमालयन एयरलाईन्सबाट नेपाल आउँदै गर्दा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट खटिई गएको प्रहरी टोलीले निजलाई एयरपोर्टबाट पक्राउ गरेको ।

मृतकको श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत काठमाडौंबाट दिन ५ को म्याद लिई Interpol मार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भइरहेको  कुराजिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ ।

Leave a Reply