You are currently viewing क्यान पर्साको अध्यक्षमा दीपक साह निर्विरोध
Photo: Deepak Sah

क्यान पर्साको अध्यक्षमा दीपक साह निर्विरोध

वीरगंज, भदौं १४,

कम्प्यूटर एसोसीएसन अफ नेपाल (क्यान), पर्सा शाखाको दोश्रो साधारणसभा तथा अधिवेशन शनिबार वीरगंजमा एउटा कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ ।

उक्त अधिवेशनले दिपक साहको नेतृत्वमा पर्सा शाखालाई सर्वसहमतिले एक १० सदसिय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

क्यान महासंघ पर्साका निर्वाचन अधिकृत प्रमोदप्रसाद साहले जानकारी दीए अनुसार सो नयाँ कार्यसमितीको उपाध्यक्षमा प्रशान्त साह, सचिवमा जीवनप्रकाश गुप्ता, कोषाध्यक्षमा संजयकुमार सक्सेना, सह-सचिवमा गणेशकुमार साह सोनार रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन कुमार अधिकारी, सुरज पटेल, पुनम कुमारी, आशु कुमार सर्राफ र निक्की रौनियार रहेका छन् ।

क्यान पर्साका निर्वतमान अध्यक्ष आलोक कुमार चौरसियाको सभापितित्वमा सो कार्यक्रमको आयोजना भएको थियो भने क्यान महासंघका केन्द्रीय सदस्य भुपाल दास श्रेष्ठ, दीपेन्द्र राज सिंह, प्रदेश २ का सचिव सरोजबाबु न्यौपाने, राष्ट्रिय फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष रामकुमार सर्राफ, प्याबसन प्रदेश २ का कोषाध्यक्ष इमामुदिन अहमद, क्यान रौतहट शाखाका अध्यक्ष जितेन्द्र साह, सर्लाही शाखाका अध्यक्ष नरेश दास, निवर्तमान कोषाध्यक्ष पुर्णिमा ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण आशु सर्राफले गरेका थिए ।

Leave a Reply