You are currently viewing पर्साका प्रजिअ भट्टराईद्वारा विश्रामस्थलको उद्घाटन
Photo credit: Rotary Club of Birgunj metropolis

पर्साका प्रजिअ भट्टराईद्वारा विश्रामस्थलको उद्घाटन

बीरगंज, भदौ १३,

रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसले ब्रह्म चौक, बीरगंजमा विश्रामस्थलको निर्माण गरेर सामाजिक कार्यमा एउटा उदाहरण थप गरेको छ ।

समाजसेवी तथा स्थानियहरुको उपस्थितिमा आज शुक्रबार एक कार्यक्रमबीच उक्त विश्रामस्थलको उद्घाटन गर्दै पर्सा जिल्ला प्रशासन कार्यालय प्रमुख नारायण भट्टराईले रोटरी क्लबको यस्ता सामाजिक कार्यलाई मुक्त कण्ठले प्रसंसा गरेका छन् । विश्रामस्थल उद्घाटन पश्चात त्यसको संरक्षण तथा मरम्मत सम्भारको जिम्मेवारी वडा नं. १२ का अध्यक्ष रामदरश कुश्वाहालाई भट्टराईले सुम्पेका थिए । साथै सरसफाइ तथा सार्वजनिक सम्पत्ति सुरक्षा जस्ता कार्यहरुमा स्थानियहरु नै सजग र सतर्क हुनुपर्ने कुरामा जोड दिए ।

क्लब सदस्यहरुबाटै चन्दा संकलन गरेर करिब ८० हजारको लागतमा निर्माण गरिएको कुरा क्लबका सचिव अनिल जयसवालले जानकारि दिए । उक्त विश्रामस्थल सो क्षेत्रमा एकमात्र हो ।

उक्त कार्यक्रममा अधिवक्ता तथा क्लबका पूर्व अध्यक्ष सालिकराम साह कानू, समाजसेवी तथा वरिष्ठ पत्रकार जगदिश शर्मा, वडा नं. १२ का वडाअध्यक्ष रामदरश कुश्वाहा, रोटरी क्लबका अध्यक्ष रम्भा मिश्रा, क्लबका सदस्यहरु प्रभु साह, उषा साह, चन्दन सिंह, हरिओम साह, सरोज साहका साथै स्थानियहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply