You are currently viewing हुण्डी कारोवारमा संलग्न व्यक्ति पक्राउ

हुण्डी कारोवारमा संलग्न व्यक्ति पक्राउ

नेभा, मोरङ, १२ पुष,

मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाईकलमा सवार एकजना व्यक्तिलाई श्रोत नखुलेको नेपाली नगद रू १९ लाख ९० हजार रुपैयाँ सहित प्रहरी द्वारा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोटरसाईकल चालक सुनसरी जिल्ला देवानगन्ज गाउँपालिका वडा नम्बर ५ बस्ने ४९ वर्षको सुरेन्द्र प्रसाद साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा परिचालन गर्ने क्रममा निजलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाईएको छ ।

अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको शुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन संचालन गरेको छ ।

यसै क्रममा २०८० साल ७ महिना १४ गते १६ बर्षिय वालकलाई नगद रू. २१ लाख ८७ हजार, मिति २०७९ को ११ महिना २६ गते विराटनगर वडा नम्बर १५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई नगद रू. ४ लाख ७५ हजार र मिति २०७७९।१० को २६ गते विराटनगर वडा नम्बर १५ बस्ने रंजित कुमार साहलाई नगद रू. ९ लाख २० हजार सहित पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको कुरा जिल्ला प्रहरी, कार्यालय, मोरङले जनाएको छ ।

Leave a Reply