You are currently viewing १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नेपालमा नियन्त्रणमा

१२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नेपालमा नियन्त्रणमा

२०८३ भदौ २, पर्सा,

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ।

प्रहरीले अपराह्न ४:०० बजे ती स्कुटर नियन्त्रणमा लिएको हो। बरामद स्कुटरको अन्दाजी मूल्य रु. ९ लाख ६० हजार रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय, पर्सा

Leave a Reply