You are currently viewing ९० लाख भन्दा बढीको सामानहरू पर्सा प्रहरीको नियन्त्रणमा

९० लाख भन्दा बढीको सामानहरू पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, २६ बैशाख,

बैशाख २६ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडकखण्डबाट ना.६ ख ३८६१ नम्बरको ट्रकमा अन्दाजी मूल्य रू. ८७ लाख ५० हजार ४ सय १५ रुपैया बराबरका खुद्रा तथा औषधीहरू जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिइएको छ ।

प्रहरी द्वारा नियन्त्रणमा लिइएको खुद्रा तथा औषधीहरू राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ ।

बैशाख २५ गते पनि पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक स्थितबाट रु. २ लाख ८७ हजार ५ सय बराबरको खाद्यान्न तथा कपडाहरू वडा प्रहरी कार्यालय, विर्ता नियन्त्रणमा लिइएको थियो । उक्त सामानहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले उक्त स्थानहरूबाट नियन्त्रणमा लिएको निम्न मालबस्तुहरूको जोड मूल्य अन्दाजी रु. ९० लाख ३७ हजार ९ सय १५ रुपैया भएको र खुद्रा, औषधी तथा कपडाहरू आवश्यक कारवाहीको लागि आज बैसाख २६ गते उल्लेखित कार्यालयहरूमा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply