You are currently viewing खैरो हिरोइन सहित भारतीय नागरिक पक्राउ

खैरो हिरोइन सहित भारतीय नागरिक पक्राउ

नेभा, संखुवासभा, २५ जेठ,

सूचनाको आधारमा निरन्तर निग्रानी पश्चात जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी टोलीले जेठ २३ गते जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर १ टुडिखेल बसपार्कबाट एकजना भारतीय नागरिकलाई लागूऔषध खैरो हिरोइन सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने भारतको बिहार, जिल्ला पूर्णिया थाना कवास पोष्ट गुडी वडा नम्बर १४ ग्राम तेत्रिवाडी बस्ने ३० वर्षको एम डी साहेवजान हुन् । निजलाई २.८ ग्राम लागूऔषध खैरो हिरोइन र नगद रु. २० हजार सहित पक्राउ गरीएको हो ।

बिहारको पूर्णिया बस्ने निज एम डी साहेवजान केही समय देखि लागूऔषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा निजलाई पक्राउ गरीएको हो ।

निज उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply