You are currently viewing बीरगंजबाट एक करोड भन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा

बीरगंजबाट एक करोड भन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, ८ जेठ,

जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडक खण्डबाट प्रदेश २-०३-००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रकमा लोड रहेको सामानहरु सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्दाजी मूल्य रू.१ करोड ३७ लाख ५८ हजार ८ सय ४२ रुपैयाँ बराबरका कपडा, औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएको हो । उक्त सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको कुरा प्रहरीले जनाएको छ ।

सोहि दिन पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोक स्थितबाट अन्दाजी रू. १ लाख ५४ हजार ६ सय बराबरको कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू नियन्त्रणमा लिइएको छ । आज जेठ ८ गते उक्त सामानहरुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो ।

माल वस्तुहरू अन्दाजी मूल्य रु. १ करोड ३९ लाख १३ हजार ४ सय ४२ रुपैयाँ बराबरको थियो । खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर आवश्यक कारवाहीको उल्लेखित कार्यालयहरूमा बुझाइएको कुरा प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply