बीरगंज, १९ मंसिर,
मङ्सिर १९ गते सोमवार जिल्ला व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा पदाधिकारीहरुसंग बसेको बैठकले बिभिन्न बिषयमा छलफल गर्नुका साथै बिभिन्न निर्णय पनि गरेको छ ।
जसको निर्णय नं. १२ मा “बीरगंज नगर विकासको नाममा दर्ता कायम रहेको कित्ता नं. २०३ को क्षेत्रफल ०–०–१५–० को जग्गा नेपाल इन्जिनियर्स एशोसिएशनलाई लिजमा उपलब्ध गराउने विषयमा बीरगंज महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार उक्त जग्गा नेपाल इन्जिनियर्स एशोसिएशनलाई लिजमा उपलब्ध गराउँदा विपद् सम्बन्धि कार्यमा कुनै फरक नपर्ने भनी निर्णय भई आएकोले सोही बमोजिम सिफारिस गर्ने निर्णय गरियो ।” भनिएको छ तर त्यसमा लिजसँग सम्बन्धित धेरै कुरा अस्पष्ट रहेको छ । जस्तै के कस्तो प्रतिस्प्रर्धा वा प्रकृया पुर्याएर दिइएको हो ? कहिले देखि कहिले सम्मका लागि लिजमा दिइएको हो ? के कति पेश्की सहित वार्षिक कति भाडा लिने दिने हो ? कति वर्षमा भाडा बढाइने हो ? लगायत जनताले जान्न चाहेको अन्य धेरै कुरा खुलाइएको छैन ।

फोटो: जिल्ला प्रशासन कार्यालय, पर्सा
