झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरुको चोरीमा संलग्न रहेका ६ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर ५ को ३० वर्षको सोमलाल स्याङ्तान, २१ वर्षको सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षको सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।
पक्राउ परेका निजहरुबाट विभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनावद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।
सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय, झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय, सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको विभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा पक्राउ गरेको हो ।
निजहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजारहरु र निजहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम भएको छ ।
उनीहरुले विभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरी गरेको खुल्न आएको छ भने नियन्त्रणमा लिइएको ६ जनालाई जिल्ला अदालत, झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।