You are currently viewing टिपरको ठक्करबाट १० वर्षीय बालक मृत्यु

टिपरको ठक्करबाट १० वर्षीय बालक मृत्यु

नेभा, धनकुटा, १ जेठ,

धनकुटाको साँगुरिगढी गाँउपालिका वडा नम्बर ६ कोशी लोक मार्गमा टिपरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

आज बिहान प्र १-०२-००१ ख ८९३४ नम्बरको टिपरले धरान वडा नम्बर १७ घर भई हाल सोही स्थानमा बस्दै आएका १० वर्षीय शिसाङ बिश्वकर्मालाई ठक्कर दिदा निज बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र चालक ४२ वर्षीय सरोज सुब्बालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, धनकुटाबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply