You are currently viewing सिरहामा आफ्नै ५ वर्षको छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

सिरहामा आफ्नै ५ वर्षको छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

नेभा, सिरहा, १४ बैशाख,

बैशाख ११ गते जिल्ला, सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ५ घर भई हाल जिल्ला, सिरहा लहान नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षकी सरीता कुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजको छोरा अन्दाजी ५ वर्षको आयुश साह बिहान देखि नै देखा नपरेको भनि स्थानिय मानिसहरूले सोहि गते प्रहरी चौकी, लहानमा जानकारी गराउदा तत्कालै इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट SOCO सहितको तथा प्रहरी चौकी लहान, सिरहाबाट सो स्थानमा प्रहरी टोली खटी गई घटना वारदात सम्बन्धमा बुझ्दै खोजतलाश तथा अनुसन्धान गर्दै जाँदा सरिता साहलाई पक्राउ गरिएको छ ।

निज सरीता कुमारी साह सुत्ने कोठामा रहेको बक्स पलङ्गको घर्रा भित्र मृत अवस्थामा निज आयुश साहलाई पोको पारी लुकाई छिपाई राखेको अवस्थमा फेला परेको थियो ।

फेला पर्दा हुँदा निज बालकको घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतक लाश पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहान सिरहामा पठाइएको छ ।

घटना वारदातमा संलग्न निज मृतक आयुश साहको आमा सरीता कुमारी साहलाई इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Leave a Reply