You are currently viewing मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

नेभा, सर्लाही, ३ वैशाख,

वैशाख १ गते जिल्ला, सर्लाही कौडेना गाउँपालिका वडा नम्बर ५ स्थित जिल्ला, बारा देबताल गाउँपालिका वडा नम्बर ५ बस्ने राकेश तिवारीको ना ४८ प ५०३९ नम्बरको SUJUKI ZIXXER 155 CC को मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी भएको थियो ।

सुचना प्राप्त हुन साथ उक्त मोटरसाईकल खोजतलासको लागि प्रहरी टोली परिचालन भई खोजतलासको क्रममा सोहि दिन जिल्ला, सर्लाही कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित सडक खण्डमा उक्त मोटरसाईकल सहित दुइजना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल चोरी गर्ने जिल्ला सर्लाही कौडेना गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षको सलमान खान र सोहि ठाउँमा बस्ने २२ वर्षको नतिपुल खानलाई चोरी भएको मोटरसाइकल सहित नियन्त्रणमा लिईएको हो ।

निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जानकारी गराएको छ ।

Leave a Reply