You are currently viewing बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्साको धोबिनीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्साको धोबिनीबाट पक्राउ

नेभा, पर्सा, १९ चैत,

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले एकजना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने जिल्ला, पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरको निवासी ३० वर्षको सुजित राउत कुर्मी हुन् । निजलाई ३ दिन कैद सजाय र रु.२५ लाख बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकि वारदात पश्चात फरार रहेका थिए ।

फरार रहेका निम्न कसूरदारलाई खोजतलास गरी लुकीछिपी बस्दै आएको अवस्थामा जिल्ला पर्सा धोबिनी गाउँपालिका वडा नम्बर ३ लंगडीबाट पक्राउ गरीएको हो ।

आवश्यक कारवाहीको लागि चैत १७ गते पर्सा, जिल्ला अदालतमा उपस्थित गराइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply