You are currently viewing बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने भारतीय साह बीरगंजबाट प्रहरीको खोरमा

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने भारतीय साह बीरगंजबाट प्रहरीको खोरमा

नेभा, पर्सा, २५ फागुन,

बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट बीरगंजतर्फ आउने बस चढी आईरहेको अवस्थामा अपरिचीत पुरुष व्यक्तीले पैसा चोरी गरी फरार भएको थियो ।

निज पीडितलाई मिठाई र बिस्कुट खुवाई बेहोस पारी निज मुखियासंग रहेको नगद रु. ४१ हजार ५ सय र १ थान मोबाईल चोरी गरी बीरगंज बसपार्कबाट फरार भएको भनी सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएको थियो ।

उक्त सूचना प्राप्त हुनासाथ उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा चोरी गर्ने व्यक्तिलाई पर्साको बीरगंज महानगरपालिका वडा नम्बर १६ भानुचोक स्थितबाट पक्राउ गरेको हो ।

चोरी गर्ने व्यक्ति भारतको बिहार पूर्वी चम्पारण जिल्ला, बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नम्बर २ बस्ने पर्मा साहको छोरा २७ वर्षको अखिलेश कुमार साह हुन् ।

निजलाई नियन्त्रणमा लिई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा चोरी भएको मध्ये नगद रु. ३७ हजार ४ सय १० रुपैया र चोरी भएको मोबाईल १ थान फेला परेको छ ।

निजलिई उक्त कार्यालयमा ल्याइ फागुन २३ गते पर्सा जिल्ला, अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ७ म्याद लिई अनुसन्धान भइरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply