फागुन १६ गते वडा प्रहरी कार्यालय, भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला, रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ घागरापुल स्थितबाट ५० बोरा प्याज बरामद गरेको छ ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको प्याज अन्दाजी मुल्य रु. ९६ हजार बराबरको थियो ।
प्याज बरामद गरी आवश्यक कावाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।