You are currently viewing सिमरा पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट २ जना घाइते

सिमरा पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट २ जना घाइते

नेभा, बारा, १० फागुन,

फागुन ९ गते बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा भद्रकाली स्थित पुर्व पश्चिम लोकमार्गमा बाघको आक्रमणबाट दुईजना व्यक्तिहरु घाइते भएका छन् ।

पथलैयाबाट रोटहत तर्फ जादै गरेको ना. ३६ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गर्दा मोटरसाइकल चालक रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ३ को निवासी अन्दाजी ३० वर्षको कृष्ण साहलाई मोटरसाइकल बाट लडेर चोटपटक लागेको छ भने पछाडी सवार सोहि ठाउँको अन्दाजी ३५ वर्षको राजु साहलाई मोटरसाइकलमा लडेर टाउँको तथा बाँया हातमा चोट लागेको र दाया हातमा बाघले लछारेको छ ।

हाल निजहरुको समुदायिक अस्पताल निजगढमा उपचार भइरहेको कुरा कलैयाका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

उक्त एरियामा सुरक्षा सतर्कता अपनाई आवत जावत गर्न हुन सर्वसधारणहरुमा अनुरोध गरिएको छ ।

Leave a Reply