नाइजेरियाको दक्षिणी राज्य इडोको एउटा रेल स्टेसनमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गरी दर्जनौं यात्रुलाई अपहरण गरेका छन् । नाइजेरियाली प्रहरीले आइतबार अपरिचित बन्दुकधारीहरुको खोजी सुरु गरेको बताएको छ ।
“इग्वेबेन रेल स्टेसनमा अपहरण गरिएका यात्रुहरूको यकिन सङ्ख्या प्रहरीले अझै पत्ता लगाउन सकेको छैन,” प्रहरी प्रवक्ता चिदी नवाबुजोरले एक समाचार एजेन्सीलाई फोनमार्फत भने । स्टेशनमा यात्रुहरू डेल्टा राज्यको सहर र्वी जाने रेलको लागि पर्खिरहेका थिए । त्यही बेला बन्दुकधारीहरू टर्मिनलभित्र पसे र गोली चलाउन थाले ।”
“केही यात्रुहरू पनि घाइते भएका छन्, तर अपराधीहरूले घाइतेहरूलाई साथमा लिएका छैनन्,” नवबुजोरले समाचार एजेन्सीलाई उद्धृत गर्दै भने । अपहरणमा परेका यात्रुको उद्धार र बन्दुकधारीलाई पक्रन प्रहरीले खोजी अभियान सुरु गरेको प्रहरी प्रवक्ताले बताए ।