You are currently viewing भन्सार छलीको सामानहरु सहित ट्रक र चालक प्रहरीको नियन्त्रणमा

भन्सार छलीको सामानहरु सहित ट्रक र चालक प्रहरीको नियन्त्रणमा

नेभा, रुपन्देही, २९ पौष,

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पौष २७ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोक स्थितबाट ट्रकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी जिल्ला, मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षको रामचन्द्र खत्रीले ना ३ ख ५१८९ नम्बर कन्टेनर ट्रकमा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा ५६० थान (१४६३६ मिटर), लेडिज जुत्ता ३४० जोर, नेट कपडाहरु १८९ थान ( ५१०४ मिटर) दोसल्ला ४४२ पिस र साडी ६१२ पिस सहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो ।

उक्त कन्टेनर (ट्रक) सहित अन्दाजी मुल्य रु. ३० लाख ६२ हजार २ सय ४० रुपैयाँ बराबरको समानहरु र निजलाई स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा पठाइएको हो ।

यस्तै आज जिल्ला, रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुर स्थितमा अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार चोरी छली गरी लु ८ प ११३५ र UP55Z 9288 नम्बरको मोटरसाईकलमा ओसारपसार गर्दै गरेको अवस्थामा १३५ बोरा प्याज बेवारिसे अवस्थामा फेला पारी मोटरसाईकल सहित अन्दाजी मुल्य रू. ४ लाख ५२ हजार ५ सय बराबरको प्याज स्थानिय मानिसहरुको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागि मोटरसाईकल सहित भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

Leave a Reply