You are currently viewing दक्षिण अफ्रिकाको २० युवाको मृत्यु, नाइटक्लबमा विष सेवन गरेको आशंका

दक्षिण अफ्रिकाको २० युवाको मृत्यु, नाइटक्लबमा विष सेवन गरेको आशंका

नेभा, १३ आषाढ,

दक्षिण अफ्रिकाको तटीय सहर पूर्वी लन्डनको एक नाइटक्लबमा आइतबार बिहान कम्तीमा २० जना युवा मृत फेला परेका छन् । युवाको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । यी युवाहरु विद्यालयको परीक्षा सकिएको खुसीयाली मनाउन पार्टीमा सहभागी भएका थिए । स्थानीय प्रहरी अधिकारीले भने कि हामीले २० जनाको मृत्यु भएको जानकारी पाएका छौं ।

ती सबै पूर्वी लन्डनको सिनरी पार्कको स्थानीय क्लबमा मारिएका युवाहरू हुन् । हामी अझै घटनाको वरिपरि परिस्थितिहरूको अनुसन्धान गरिरहेका छौं । स्वास्थ्य विभागका प्रवक्ता सियान्दा मनानाले मृत्युको कारण पुष्टि गर्न बाँकी रहेको बताए । मनानाको अनुसार ‘मृत्युको सम्भावित कारण पत्ता लगाउन शवको पोस्टमार्टम भइरहेको छ,’ ।

स्थानीय पत्रिका ‘डेली डिस्प्याच’ ले शवहरू टेबुल र कुर्सीहरूमा सुतिरहेको र चोटपटकको कुनै लक्षण नदेखिएको जनाएको छ । मृतक सबैको उमेर १८ देखि २० वर्षको बीचमा रहेको छ । घटनास्थलका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जसमा क्लबमा मृतकको शरीरमा कुनै घाउ वा चोटको निशान नरहेको स्पष्ट देख्न सकिन्छ ।

क्लबका मालिक सियाखांगेला एनदेवुले स्थानीय प्रसारक (ENCA) लाई आइतबार बिहान घटनास्थलमा बोलाइएको बताए । नादेवुले भने, ‘के भयो मलाई अझै थाहा छैन’ ।

Leave a Reply