राम्रो बन्न तुलना होइन, आफैसँग प्रतिस्पर्धा गर्नुपर्छः महावाणिज्यदूत नितेश कुमार

0
87

बिएमसीका कक्षा १२ का विद्यार्थीहरुको विदाइ

बीरगंज, जेष्ठ ७,
बीरगंज मेघा कलेजका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विदाइ गरेका छन् ।

शनिवार बीरगंजको नगरसभा गृहमा कलेजका चेयरम्यान शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उक्त विदाइ समारोहका मुख्य अतिथि बीरगंज स्थित भारतिय महावाणिज्य दुतावासका महावाणिज्यदूत नितेश कुमारले आफ्नो मन्तव्य राख्ने क्रममा जीवनमा सफलता हासिल गर्न विद्यार्थीहरुले कठोर परिश्रम गर्नुपर्ने र राम्रो बन्न क्रमशः आफैसँग प्रतिस्पर्धा गर्नुपर्ने कुरामा जोड दिए । राम्रो बन्न अरुसँग तुलना गर्नुभन्दा आफ्नो गलतिहरुबाट सिक्दै जानुपर्ने र उक्त सिकाइलाई आफ्नो व्यवहारिक जीवनमा पनि लागु गर्नुपर्ने बताए । स्कूले जीवनबाट अव विश्वविद्यालयतर्फ लाग्न थालेका विद्याथीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए ।

त्यसैगरी ठाकुरराम बहुमुखि क्याम्पसका प्रमुख डा.उमेश प्रसाद चौरसियाले विद्यालयहरुले विद्यार्थीहरुका किताबी ज्ञानलाई व्यवहारमा कहाँ लागु गर्न सकिन्छ र काम लाग्ने किताब बाहेकका अन्य सिपलाई पनि व्यवहारिकरुपले अवलोकन गर्नुका साथै त्यसलाई आफ्नो जीवनमा पनि उतार्नुपर्ने कुरामा जोड दिए । किताबी किरा भएरमात्र जीवनलाई सार्थक बनाउन नसकिने उनले बताए ।

विशिष्ठ अतिथिहरुमा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष अधिवक्ता ओमप्रकाश गुप्ता, महालक्ष्मी विकास बैंकका शाखा प्रवन्धक दिपक गुप्ता, नारायणी अस्पतालका डा. निरज सिंह तथा कानुन विषयका शिक्षक चन्द्रिका पटेल, शिक्षिका मेनुका ठाकुर, डायरेक्टर शिक्षक गुडु साह, कोर्डिनेटर राहुल केवत, अधिवक्ता सुनिल यादव लगायतका वक्ताहरुले कक्षा १२ का विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

स्वागत मन्तव्य कलेजका डायरेक्टर विश्वास प्रताप शाहले गरेका थिए भने प्रमुख तथा विशिष्ठ अतिथिहरुलाई मायाको चिनो तथा सम्मान अध्यक्ष शम्भुप्रसाद गुप्ताले गरेका थिए ।
कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुका साथै १२ का विद्यार्थीहरुलाई मायाको चिनो कलेजका प्रिन्सिपल दिपेन्द्रप्रसाद कानूले प्रदान गरेका थिए ।

कक्षा ११ द्वारा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा नाचगान, गीत, चुटकिला, शायरी, उत्प्रेरणात्मक कुराहरुले भरिपूर्ण थियो भने सञ्चालन कक्षा ११ कै प्रिया सिंह राजपुत तथा इर्फान अंसारीले गरेका थिए ।

Previous articleश्रीलंकामा अभूतपूर्व संकट, पेट्रोल भरिएको जहाज समुद्रमा उभिएको छ तर तिर्न पैसा छैन
Next articleबेसारबाट सजिलैसँग रगतमा चिनी नियन्त्रण गर्ने प्रभावकारी उपायहरू