नेभा, १९ पुष,
यस्ता धेरै कुराहरू सोशल मिडियामा भाइरल भइरहेका हुन्छन्, जुन कहिलेकाहीँ रमाइलो र कहिलेकाहीँ आश्चर्यजनक हुन्छन् र मानिसहरू सोच्न बाध्य हुन्छन् । यस्तै एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भाइरल भइरहेको यो भिडियोमा अस्ट्रेलियाको व्यक्तिले यस्तो उपलब्धि हासिल गरेका छन्, जसले उनको नाममा अद्वितीय रेकर्ड बनाएको छ ।
निकोलास म्यानिङले मात्र १३.३ सेकेन्डमा १० वटा अन्तर्बास (underwear) लगाएर रेकर्ड बनाएका छन् । मानिसहरूले यस भिडियोमा धेरै टिप्पणी गरिरहेका छन् र आफ्नो प्रतिक्रिया दिइरहेका छन् । उनको कार्य देखेर मानिसहरू आश्चर्यचकित भए ।
भिडियोमा, तपाईँले ती व्यक्तिले एकपछि अर्को १० वटा अन्तर्बास लगाएको देख्न सक्नुहुन्छ । यसलाई लगाउन १३.३ सेकेन्ड मात्र लगाएको छन् ।
भिडीयो हेर्न यो लिंकमा क्लिक गर्नुहोला