मानिसहरु दाँतको पहेलोपन हटाउन धेरै उपाय अपनाउँछन् । यद्यपि, यो ठूलो समस्या होइन, तर कहिलेकाहीँ यसले तपाईंलाई सताउन सक्छ । दाँत पहेँलो हुनुका कारण मानिसको समग्र व्यक्तित्व बिग्रन्छ । सेतो दाँतले हाम्रो सुन्दरतालाई थप सुन्दर बनाउने काम गर्छ । दाँतले हाम्रो मुस्कानलाई अझ आकर्षक बनाउँछ, तर जब तपाईंको दाँत पहेंलो हुन्छ तब तपाईं कसैको अगाडि खुलेर हाँस्न पनि सक्नुहुन्न । आउनुहोस् आज हामी तपाईलाई दाँतको पहेलोपन हटाउने केही घरेलु उपाय बताउछौँ ।
बेकिंग सोडा र कागती दाँतको पहेंलोपन हटाउनका लागि धेरै फाइदाजनक हुन्छ । केही थोपा कागतीको रस र बेकिंग पाउडर मिसाएर पेस्ट बनाउनुहोस् । यसो गर्दा दाँतको पहेंलोपन तुरुन्तै कम हुन्छ । औँलाको सट्टा कागती र बेकिंग सोडाको पेस्ट टूथब्रसको मद्दतले दाँतमा लगाउनुहोस् र टुथपेस्ट जस्तै रगड्नुहोस् र केही सेकेन्डपछि मुख सफा गर्नुहोस् । किनभने बेकिंग सोडा लामो समयसम्म दाँतमा लगाउनाले गिजालाई हानि पुर्याउँछ ।
दाँतको पहेंलोपन हटाउन नरिवलको तेल निकै फाइदाजनक हुन्छ । नरिवलको तेल वा तिलको तेल दाँतमा माल्नाले दाँतको पहेंलोपन हट्छ । नरिवलको तेलको प्रयोगले दाँतलाई किराबाट पनि बचाउन सकिन्छ । नरिवलको तेललाई दाँत र गिजामा कम्तिमा ५ मिनेटसम्म मालिस गर्नुपर्छ ।