You are currently viewing दिनदहाड़े चोरी गर्ने नेपाली पक्राउ

दिनदहाड़े चोरी गर्ने नेपाली पक्राउ

नेभा, काठमाडौं, २१ मंसिर,

कार्तिक २४ गते दिउँसोको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ दिव्यश्वरी टाउन प्लानिङ स्थित रहेको युवराज अधिकारीको घरमा कोहि नभएको मौका पारी मुल ढोका फुटाई कोठामा रहेका सुन, हिराका विभिन्न गरगहना, मोवाईल तथा नगद सहित गरी जम्मा अन्दाजी रू. ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला काभ्रे तिमाल गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं जिल्ला पेप्सिकोलामा बस्ने २० बर्षको विक्रम नेपालीले चोरी गरी लगेको भन्ने कुरा खुल्न आएकोले निजलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मंसिर २० गते काठमाडौं जिल्ला कार्यालय, महानगरपालिका वडा नम्बर ३२ जडिबुटीबाट चोरी गरी लगेका सुन, चाँदी, हिराका विभिन्न गरगहना सहित पक्राउ गरेको छ ।

निजलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत ठिमी भक्तपुर पठाईएको खबर प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी गराएको छन् ।

Leave a Reply