You are currently viewing अनलाइन मार्फत ठगी गर्ने चिनियाँ नागरिकहरु बीरगंजबाट पक्राउ

अनलाइन मार्फत ठगी गर्ने चिनियाँ नागरिकहरु बीरगंजबाट पक्राउ

नेभा, पर्सा, १८ चैत,

Online Lottery, Online Shopping जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरु ३३ वर्षको LIU GUI CAI नाम भएको ठेगाना HUNAN CHINA, २६ वर्षको WANG BOHAN ठेगाना HUBEI CHINA, ३६ वर्षको XIANG XIAO ठेगाना HUBEI CHINA को नागरिक हुन् । निज LIU GUI CAI र WANG BOHAN नाम भएको चिनियाँलाई जिल्ला, पर्सा बीरगंज महानगरपालिका वडा नम्बर १५ बाट पक्राउ गरिएको हो भने XIANG XIAO नाम भएको व्यक्तिलाई पर्सा बीरगंज महानगरपालिका वडा नम्बर ६ बाट नियन्त्रणमा लिइएको हो ।

ठगी गर्ने गिरोह पर्सा जिल्लामा सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साको Intelligence Team बाट त्यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा चैत १७ गते जिल्ला, पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने नन्दु पटेलको घरमा प्रहरी टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा उक्त चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिइएको छ ।

निजहरुबाट कम्प्युटर डेक्सटप सिपियु १ सय २० थान, मनिटर १ सय १८ थान, पासपोर्ट ३ थान, मोबाईल ३५ थान, भारतीय जियोको सिम कार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका एटिएम कार्ड ३ थान, Keyboard २६ थान, Internet Switch ५ थान, WiFi Router २ थान, Mini Inverter २ थान, BR01CX 5792 नम्बरको I20 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान, विभिन्न देशका मुद्राहरू मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी रू. ४३ हजार, कम्बोडियन ३५०० बरामद भएको छ ।

माथि उल्लेखित परिमाणको विधुतिय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरू बरामद गरी सो कार्यमा संलग्न उक्त चिनियाँ नागरिकहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी उक्त कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply