युरोपेली देश फ्रान्समा ठूलो सडक दुर्घटना भएको छ । जानकारीका अनुसार ४० बालबालिका बोकेको बस यहाँ दुर्घटनामा परेको छ । यस घटनामा २१ बालबालिका घाइते भएको समाचार छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । घटनाको अनुसन्धान सुरु भएको छ ।
फ्रेन्च आल्प्सको यात्रापछि ४० जना प्राथमिक विद्यालयका विद्यार्थीलाई लिएर घर जाँदै गरेको बस शनिबार एउटा भिरालो खाल्डोमा खस्यो, चालक र उनका साथी गम्भीर घाइते भएका र दुवैलाई अस्पताल भर्ना गरिएको छ । घटनाको सम्बन्धमा, कोर शहरका मेयर, फेबियन मुलिकले भने कि १८ बालबालिका र अन्य व्यक्तिलाई सामान्य चोट लागेको छ । “तिनीहरू सबै ठीक छन्,” उनले एसोसिएटेड प्रेसलाई भने, मेयरले क्षेत्रीय अभियोजकले अनुसन्धान सुरु गरेको बताए ।
हालै मेक्सिकोमा पनि ठूलो सडक दुर्घटना भएको छ । मेक्सिकोको पुएब्ला राज्यमा बस दुर्घटना हुँदा कम्तीमा १७ आप्रवासीको मृत्यु भएको छ । पुएब्लाका आन्तरिक सचिव जुलियो हुर्टाका अनुसार मृत्यु हुने सबै आप्रवासी थिए । यसमा भेनेजुएला, कोलम्बिया र मध्य अमेरिकाका आप्रवासीहरू पर्छन् । दक्षिणी राज्य ओक्साकाबाट आउने राजमार्गमा दुर्घटना भएको हुएर्टाले बताए । उनले अपर्याप्त कागजपत्र लिएर आप्रवासी यात्रा गरेको देखिएको बताए ।